क्रसर व्यवसायीका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासङ्घको सरकारसँग आग्रह

 जेठ ३२, २०८१ शुक्रबार १२:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरूका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारसँग आग्रह गरेको छ ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर, खानी तथा बालुवा उद्योगहरूको नवीकरण नभए भोलिदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवम् बिक्री/वितरण अनश्चितकालका लागि बन्द गर्नै चेतावनी दिँदै आन्दोलनकाे घोषणा गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घलाई पनि आन्दोलनमा समर्थन जनाउन माग गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले परिपत्र गरेको थियो । निर्माण व्यवसायी महासङ्घले क्रसर व्यवसायीहरूको माग जायज रहेको बताउँदै आफ्नो आंशिक सहयोग रहेको बताएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले निर्माण सामग्रीको अभावले निर्माण क्षेत्रमा थप असर र ढिलाइ हुने भन्दै सरकारले तत्काल वार्ता गरी समाधान निकाल्नुपर्ने बताउनुभयो । उहाँले क्रसर व्यवसायीहरूलाई निर्माण व्यवसायी महासङ्घले अहिले काम पूरा गर्ने समय भएकाले उद्योगहरू बन्द नगर्न आग्रह गरेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया