ठेक्का लागेकाे चार वर्ष बित्यो, अझै पुल बनेन

 जेठ ३२, २०८१ शुक्रबार १८:५२:२६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – ठेक्का लागेको चार वर्षसम्म पनि कर्णाली राजमार्गबाट कालीकोटाको महावै–६ जोड्ने पान्तडी पुग्की पुल नबनेपछि महावै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय कालीकोटमार्फत सडक विभाग पुल महाशाखालाई ध्यानार्कषण गराएको छ ।

महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले चार वर्ष पुगिसक्दा पनि पुल निमार्णको काम अगाडि नबढ्नुको कारण खोज्दै प्रशासन कार्यालयमार्फत सडक विभाग पुल महाशाखा बबरमहल काठमाण्डाैलाई ध्यानाकर्षण पत्र पेश गरेको सिंहले बताउनुभयो ।

पुल निर्माणका लगि २०७७ साल चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाण्डाैसँग आठ करोड ३९ लाख रुपैयाँमा सम्झौता भएकाे थियाे । सम्झौतापत्रमा २०८० साल असार १२ गते पुल निर्माण कार्य सम्पन्न गरिसक्ने उल्लेख थियाे । पुल बनाइसक्ने समय सकिएको पनि ११ महिना पुगिसकेकाे छ ।

निर्माण कार्य शुरु गर्नुअघि पुलको डिजाइन पुल महाशाखाबाट स्वीकृत गर्नुपर्ने र पुलको डिजाइन पुल महाशाखाले समयमै स्वीकृत नगरिदिएको निर्माण कम्पनीका ठेकेदार रवि सिंहको आरोप छ ।

समयमै पुल निर्माण नहुँदा गाउँपालिकालाई राजमार्गसँग जोड्ने योजना अलपत्र परेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले बताउनुभयो । समयमै पुल नबनेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया