राजपाको संयोजकमा राजेन्द्र महतो

 मंसिर ४, २०७५ मंगलबार १७:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टीको संयोजक परिवर्तन गरिएको छ । राजपाको मंगलबार बसेको बैठकले पार्टी संयोजकको दायित्व राजेन्द्र महतोलाई सुम्पेको हो । पार्टी एकतापछि संयोजकको जिम्मेवारी महन्थ ठाकुरले निभाउँदै आउनुभएको थियो । 

सुरुमा दुई–दुई महिनामा संयोजक परिवर्तन गरिने बताए पनि लामो समयसम्म ठाकुरले संयोजकको पद सम्हाल्दै आउनु भएको थियो । 

आज बसेको बैठकले पार्टीको विधानअनुसार नै अबदेखि अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो । 

यस्तै पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय समितिको सूचीलाई मात्रै आधिकारिक मान्ने र त्यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति तथा मनोनयन रद्ध गर्ने निर्णय पनि आजको बैठकले गरेको महासचिव झाले बताउनुभयो ।  

साथै बैठकले पार्टीको सक्रीय सदस्यता वितरण मंसिरसम्मका लागि बढाउने निर्णय पनि आजको बैठकले गरेको छ । 

आजको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन सक्ने भनेर हेरिएको भए पनि सरकारका बारेमा भने कुनै निर्णय नभएको महासचिव झाले बताउनुभयो । 


 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया