खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउडमा अहिले हेडलाइनमा छाइरहेको जोडी हो, अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको जोडी ।
दीपवीरको नामले चर्चित यो जोडीले ६ वर्ष लामो प्रेम सम्बन्धपछि यही नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह सम्पन्न गरेका छन् । विवाहपश्चात रणवीर र दीपिकाले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
विवाह गरेर भारत फर्किएको दीपवीरको जोडी आज अर्थात मंगलबार बिहान दीपिकाको माइतप् घर बेंग्लोरका लागि हिँडेको थियो । आज एयरपोर्टमा मिडियाको क्यामेरामा नव दम्पत्तीका सुन्दर तस्बिरहरु कैद भए । आज लिइएका तस्बिरहरुमा दीपिकाले यसअघि उनको गर्दनमा पूर्वप्रेमी रणबिर कपूरको नामकोे ट्याटू भने मेटिएको देखिएको छ ।
दीपिकाले रणवीर सिहंका साथ विवाह गर्नुअघि पूर्वप्रेमी राणबिर कपूरको ट्याटू सधैँका लागि मेटाएकी हुन् वा मेकअपको सहारामा छोपेकी हुन् भन्ने कुराको कुनै आधिकारिक जानकारी भने आइसकेको छैन । तर रणवीर सिहंका साथ विवाह गरेकी दीपिकाको गर्दनमा खोपिएको पूर्वप्रेमी रणबिर कपूरको नामको ट्याटु हटाएको थाहा पाउदा दीपवीरका फ्यानहरु भने निकै खुसी भएका छन् ।
दीपिका र रणवीर बेंग्लोरमा रिसेप्सनको लागि गएका हुन् । बेंग्लोरको रिसेप्सनपश्चात यो जोडीले मुम्बईमा समेत भव्य पार्टीको आयोजना गर्नेछ ।
दीपवीरले आज सार्वजनिक गरे विवाहका बाँकी तस्बिरहरु
नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेका दीपिका र रणवीरले यसअघि विवाहका २ वटा आधिकारी तस्बिरहरु मात्रै सार्वजनिक गरेका थिए । तर आज रणवीर र दीपिकाले पालैपालो विवाहका बाँकी तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
तस्बिरबाटै थाहा हुन्छ यो जोडी वर्षौँ लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाउँदा कति खुसी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।