अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
मोरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अनुशासित हुनु पर्ने बताउनुभएको छ ।
अनुशासनको पालनाबिना राजनीतिक पार्टीको निर्माण हुन नसक्ने बताउँदै कांग्रेसलाई पहिलो पार्टी बनाउन अनुशासन पालनाको लागि आफू क्रियाशिल रहेको देउवाले बताउनुभयो । पार्टीको आउँदो महासमितिको बैठकका लागि विराटनगरमा आयोजित प्रदेश नम्बर १ स्तरीय सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन कार्यक्रममा देउवाले पहिलो काम पार्टीलाई चुस्त र दुरुस्त राख्नको लागि आफू लागिरहेको बताएका हुन् ।
आफ्नै जिल्लाको चुनावमा हार ब्यहोर्नुपरेको स्मरण गर्दै उहाँले कहाँ–कहाँ के–के कमजोरी भए भनेर छानबिन भइरहेको स्पष्ट पार्नुभयो । कांग्रेस पुरानो रोग अन्तरघातको शिकार भएको भन्दै उहाँले दुई पार्टी मिलेपछि नेकपा बलियो देखिएको बताउनुभयो ।
सभापति देउवाले ‘वर्तमान सरकार अधिनायकवादमा जान्छ’ भनेर आफूले पहिले नै घोषणा गरेको सुनाउँदै नेकपाले सरकारले न्यायालय, प्रहरी, आमसञ्चार, सेना र निर्वाचन जस्ता लोकतान्त्रिक पद्धतिका सबै अङ्ग र निकाय कब्जा गरिरहेको टिप्पणी गर्नुभयो ।
निर्मला पन्तका हत्यारा सरकारले चाहेर पत्ता नलगाएको आरोप लगाएका छन् । यदी सरकारले चाहन्थ्यो भने हत्यारा पत्ता लाग्ने दाबी गरेका सभापति देउवाले सरकार नै हत्यारा लुकाउने काममा लागेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।