श्री एयरलाइन्सले फेरि अर्को जहाज थप्यो, जहाज र हेलिकप्टको सङ्ख्या १९ पुग्यो

 असार ८, २०८१ शनिबार १५:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्री एयरलाइन्सले फेरि अर्को जहाज थपेको छ । श्री एअरलाइन्सले डि हामिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताकाे नयाँ जहाज थपेको हो । अब श्री एअरलाइन्ससँग ११ वटा हवाइजहाज र आठ वटा हेलिकप्टर पुगेका छन् ।

जहाज र हेलिकप्टर गरेर श्री एअरलाइन्ससँग १९ वटा साधन पुगेसँगै यो कम्पनी नेपालको सबैभन्दा ठूलो विमान सेवा कम्पनी पनि बनेको छ । श्री एअरले नयाँ थप गरेको जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएपछि नियमित उडानका गन्तव्यमै सेवा बिस्तार गर्ने भएको छ । यो जहाजमार्फत सुगम क्षेत्रमा उडान गर्ने र अहिलेको तुलनामा भाडा केही कम गर्न सकिने श्री ले जनाएको छ ।

केही गन्तब्यमा भइरहेको केही एअरलाइन्सको एकलौटी उडान र महङ्गो भाडा केही सस्तो हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जनाएको छ । यसअघि सुर्खेतमा बुद्ध एअरलाइन्सले मात्रै उडान गरिरहेकोमा श्री ले पनि उडान थालेसँगै त्यहाँको भाडा केही कम भएको छ ।

श्री ले चितवनको भरतपुरमा पनि परीक्षण उडान गरेको छ । अब श्री एअरलाइन्सले भरतपुरमा नियमित उडान थालेसँगै भाडा पनि घट्नेछ । श्री एअरलाइन्सले अहिले काठमाण्डौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत लगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया