पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ – कोपा अमेरिका फुटबलमा साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो जीत निकालेको छ । अर्जेन्टिना समूह 'ए'बाट अघिल्लो चरणमा पुगेको छ । उसले आज बिहान भएको समूह 'ए' को खेलमा चिलीलाई एक–शुन्य गोलले हरायो ।
न्यू जर्सीमा भएको खेलमा ८८ औँ मिनेटमा लाउटरो माट्रिनेजले गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई दुई–शुन्य गोलले हराएको थियो । लगातार दुई जीतसहित अर्जेन्टिना समूह 'ए'को शीर्ष स्थानमा छ । उसको छ अङ्क छ ।
आज बिहान भएको खेलमा क्यानडाले पेरूलाई एक–शुन्य गोलले हरायो । क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। क्यानडा दुई खेलमा तीन अङ्कसहित दोस्रो स्थानमा छ । दुई खेलमा समान एक अङ्क भएका चिली तेस्रो र पेरु चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।