मधेश सरकारले ल्याएको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै विरोध

 माघ १०, २०८१ बिहीबार १८:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मधेश प्रदेश सरकारले ल्याएको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै संसद् र सडकमा विरोध भएको छ ।

आजको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विधेयकको विरोध गरेका छन् । सांसदहरूले उठेर विरोध जनाएपछि बैठक नै स्थगित भएको छ ।

यस्तै मधेशमा बोलिने मातृभाषालाई छोडेर अन्य भाषाहरूलाई विधेयकमा समावेश गरिएको भन्दै युवाहरूले प्रदेशसभाअघि विरोध प्रदर्शन गरेका छन् । सरकारले प्रदेशसभामा पेश गरेको विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया