पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
पूर्वी एशियाली देश थाइल्यान्डले समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको छ । थाइल्यान्डमा लामो समयदेखि प्रतिक्षा गरिएको समान विवाह कानून आजदेखि लागू भएको बीबीसीले जनाएको छ ।
आज सयौं समलिंगी जोडीले विवाह दर्ता गराएका छन् । जिल्ला अधिकारीहरूले फोटो बुथ र निःशुल्क कप केकसहित पार्टीको आयोजना गरेका छन् । त्यहाँ विवाह दर्ता गराउनेहरू विभिन्न रंगका पोशाकमा सजिँदा उत्सवमय भएको खबरमा उल्लेख छ । विवाह दर्ता गर्ने पहिलो जोडीलाई हवाई टिकट पनि नि:शुल्क थियो ।
विश्व आर्थिक मञ्चमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोसमा रहनुभएकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले ‘थाइल्यान्डमा इन्द्रेणी झण्डा माथि उडिरहेको छ’ भनेर फेसबुकमा लेख्नुभएको छ । यस्तै थाइल्यान्डका पूर्वप्रधानमन्त्री श्रीथा टाविसिनले आफूहरू अमेरिकाभन्दा धेरै खुला विचारका भएको टिप्पणी गर्नुभएको छ ।
गएको सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले यो कानूनलाई अनुमोदन गर्नुभएको थियो । त्यसको १ सय २० दिनपछि यो कानून लागू भएको हो । थाइल्यान्डमा 'एलजीबीटीक्यू प्लस' अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई धेरै महत्त्व दिइन्छ ।
थाई सामाजिक अभियन्ताहरूले समलिंगी विवाहको अधिकारलाई मान्यता दिन एक दशकदेखि प्रयास गरिरहेका थिए तर देशमा राजनीतिक उथलपुथलका कारण यो कदम बारम्बार ढिला भइरहेको थियो ।
नयाँ विवाह कानूमा पुरुष, महिला, पति र पत्नीको सट्टा लैङ्गिक तटस्थ शब्द प्रयोग गरिएको छ । नयाँ कानूनमा तेस्रोलिंगीलाई पनि विवाह गर्ने अधिकार दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।