गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैद कट्टा सिफारिशमाथि उजुरी आह्वान गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैद कट्टाका लागि सिफारिश गरेको जानकारी गराउँदै विभागले कैद कट्टाको सुविधाका लागि सिफारिश भएकाहरूमा कुनै कैफियत भएमा उजुरी दिन आह्वान गरेको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको जेठ २२ गतेको पत्रानुसार छ सय २० जना कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिश प्रमाणित भई आएको उहाँले बताउनुभयो । यही असार १५ गतेसम्म उजुरी दिन सकिनेछ ।
सरकारको सिफारिशमा हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैदकट्टाको सुविधा दिने चलन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।