कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डौ – कोपा अमेरिका फुटबलमा भेनेजुयलाले मेक्सिकोलाई हराएको छ । सोफि स्टेडियममा आज भएको समूह 'बी' को खेलमा भेनेजुयलाले मेक्सिकोलाई पेनाल्टीमा गोल गरेर हराएको हो ।
भेनेजुयलाका लागि खेलको ५१ औँ मिनेटमा सलोमन रोनडनले पेनाल्टीमा गोल गरे । यो जीतसँगै लगातार दुई खेल जितेको भेनेजुयला छ अङ्कसहित समूहको शीर्ष स्थानमा छ ।
यसैबीच आज बिहान भएको यही समूहको अर्को खेलमा इक्वेडरले जमाइकालाई ३ –१ गोल अन्तरले हराएको छ । यो समूहमा इक्वेडर तीन अङ्कसहित दोस्रो स्थानमा, मेक्सिकोतेस्रो स्थानमा र जमाइका पुछारमा रहेका छन् । कोपा अमेरिकामा भोलि पानामा र अमेरिका तथा उरुग्वे र बोलिभियाबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।