अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीले प्रतिपक्षीको भूमिका प्रभावकारी रुपमा निभाउन नसकेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीले प्रमुख प्रतिपक्षिको भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको बताउनुभयो ।
पार्टीमा नेकपाको सरकारले देखाएजस्तै बहुमतको दम्भ रहेको उहाँको भनाई छ । सभापति देउवाले पार्टीलाई विधान विपरीत चलाएको आरोप पनि सिंहले लगाउनुभयो ।
विधिविधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले कांग्रेसको विधानमा २ वटा उपसभापति राख्ने व्यवस्था कतै नभएको उल्लेख गर्नुभयो ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकमाझ चित्तबुझ्दो काम नगर्दा चुनावमा पार्टीले हार ब्यहोर्नु परेको पनि सिंहले बताउनुभयो ।
उहाँले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व अगाडि हिँड्न नसकेको भन्दै अब सबैलाइ समेटर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले नेकपा नेतृत्वको सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप पनि लगाउनुभयो । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुदा पनि संघीयतालाई संस्थागत गर्ने पक्ष नदेखिएको उहाँको धारणा छ । दुई तिहाइ मतप्राप्त सरकारले जनचाहना अनुसार कामै गर्न नसकेको उहाँको दावी छ । ‘सरकार सबै दृष्टिबाट फेल भइसक्यो’, उहाँले भन्नुभयो, ‘नागरिकले यो सरकारबाट धेरै आशा गरेका थिए ।’
समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता भने नभएको भन्दै उहाँले कुरा मात्रै ठूला गर्नेहरुबाट धेरै आशा गर्न नहुने बताउनुभयो ।
यातायातको सिण्डिकेट, सुनकाण्ड जस्ता घटनाको संरक्षणमा सरकार नै लागेको उहाँको आरोप थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।