सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युतको ढलान खस्दा पुरिएका दुई जनाको शव भेटियो

 असार २२, २०८१ शनिबार १०:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजनाको ढलान खसेर पुरिएका दुई जना कामदारको शव भेटिएको छ ।

ज्यान गुमाउनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का रामजिन थारु र ठाकुरबाबा नगरपालिका–५ का सुमन थारु रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो ।

रामजिनको गएराति र सुमनको आज बिहान शव भेटिएको हो । हिजो ढलान खस्दा १० जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

अरू सात जनाको धुलिखेलमा उपचार भइरहेको डीएसपी भट्टराईले जानकारी दिनुभयो । ४० मेगावाटको आयोजना भोटेकोशी गाउँपालिका–३ मा निर्माणाधीन छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया