कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – भारत र जिम्बावेबीचको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बेलुकी पौने ५ बजे शुरु हुनेछ । शृङ्खलाको सबै खेल हरारे स्पोर्ट्स क्लबमा यही समयमा शुरु हुने तालिका छ ।
भारतको युवा टिमको कप्तानी शुभमन गिलले गर्नेछन् । शुभमन गिलले पहिलो पटक भारतीय टिमको नेतृत्व गर्न लागेका हुन् । पछिल्लो केही वर्षयता दुई देशीय टी–२० क्रिकेट शृङ्खलामा टिमबाट बाहिर रहँदै आएका अनुभवी खेलाडी रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि आजको खेलमा भारतबाट केही खेलाडीले डेब्यु गर्ने सम्भावना छ ।
भारत र जिम्बावेबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ८ पटक भेट भएकोमा भारत ६ र जिम्बावे २ खेलमा विजयी भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।