मी टू अभियान : आलोक नाथमाथि बलात्कारको मुद्दा दर्ता

 मंसिर ६, २०७५ बिहीबार १५:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

मी टू अभियानपछि बलिउड कलाकार आलोक नाथमाथि मुम्बई पुलिसले बलात्कारको मुद्दा दर्ता गरेको छ । 

उनीविरुद्ध निर्देशक तथा निर्माता विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी थिइन् । अहिले सार्वजनिक खबरहरुका अनुसार बिन्ता नन्दाले आलोक नाथलाई माफ गर्न सक्ने कुरा बताएकी छिन् । 

विन्ताले भनेकी छिन्, ‘यदि आलोक नाथले आफूले गरेको अपराधको पश्चाताप गर्छन् भने म उनलाई माफ गर्न सक्छु । म उनीसँग बदला लिन चाहन्न । मेरो उद्देश्य केवल उनलाई सुधार्नु थियो । उनलाई आफूले गरेका अपराधप्रति ग्लानि महसुस गर्नु जरुरी छ,’ उनले अगाडि बताइन्, ‘मलाई उनीबाट  आगामी दिनमा उनले अरु कुनै पनि महिलाका साथ दुर्व्यवहार गर्ने छैनन भन्ने कुराको प्रतिबद्धता चाहन्छु । तर अहिले उनले यसअघि गरेका कुराहरु देख्दा ती निकै लाजमर्दा छन् । उनले लाज शरमको हद नाघेका छन् ।’ 

यसअघि विन्ता नन्दाले मुम्बई पुलिसमा आलोक नाथविरुद्ध उजुरी गरेकी थिइन् । प्रहरीले समेत विन्ताको निवेदन स्वीकार गरिसकेको छ । 

सिने एण्ड टीभी आर्टिस्ट्स एसोसिएशन (सिन्टा) ले पनि आलोक नाथविरुद्ध कडा एक्शन लिएको छ । सिन्टाले आलोक नाथलाई संगठनबाट निष्कासित गरिदिएको छ । सिन्टाले ट्वीटरमा आधिकारिक बयान राख्दै आलोक नाथमाथि यौन शोषण र दुव्र्यवहारका कैयौं आरोप लागेको र उक्त कुरालाई ध्यानमा राख्दै आलोक नाथलाई संगठनबाट निष्कासित गरिएको बताएको थियो ।

नन्दाले आफ्नो सामाजिक सञ्जालमार्फत आलोक नाथको घरमा आयोजित एक पार्टीमा सहभागी हुन गएका बेला आलोक नाथले उनले पिउने चिसोमा नशालु पदार्थ मिलाएर खुवाएको र घर छोड्न आएको बेला हिंसक व्यवहार देखाउँदै बलात्कार गरेको खुलासा गरेकी थिइन् ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया