कांग्रेस–एमालेबीचको सहमति प्रधानमन्त्रीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्छ : महामन्त्री थापा

 साउन ५, २०८१ शनिबार १७:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफैं हस्ताक्षरकर्ता भएकाले सहमति सार्वजनिक गर्नु प्रधानमन्त्री ओलीको जिम्मेवारी भएको बताउनुभयो ।

कांग्रेस एमालेबीचको सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त भइरहेका भन्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभाबाट त्यस्ता संशयलाई स्पष्ट पार्नुपर्ने पनि बताउनुभयो ।

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरै पटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा आशंका रहेको बताउनुभयो । 

यसैबीच कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन दिए पनि विगतमा ओलीमाथि उठाउँदै आएको मुद्दाबारे मौन नरहने बताउनुभएको छ ।

डाक्टर मुक्ति रिजालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबारे लेखेको पुस्तक 'द भिजिनरी रिबेल' को लोकार्पण समारोहमा महामन्त्री शर्माले कांग्रेस सरकारलाई सफल बनाउन लाग्ने तर उत्तिकै खरो भूमिकामा रहने बताउनुभयो । 

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया