पेट्रोलियम पदार्थ किन्दा ३ खर्ब रुपैयाँभन्दा धेरै बाहिरियो, साढे ५१ अर्बकाे तरकारी र फलफूल भित्रियो

 साउन ७, २०८१ सोमबार १८:१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गएको आर्थिक वर्षमा आयात र निर्यात दुवै कमी भएको छ । भन्सार विभागले आज प्रकाशन गरेको गएको आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुवै व्यापारमा कमी आएको हो ।

गएको आर्थिक वर्षमा नेपालले १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ३३ प्रतिशतले कमी हो । गएको वर्ष नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु विदेशबाट आयात गरेको छ भने जम्मा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु विदेशमा निर्यात गरेको छ ।

गएको वर्ष नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । गएको वर्ष पेट्रोलियम पदार्थको आयातमा तीन खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ । यस्तै झन्डै दुई खर्ब रुपैयाँको मेशिनरी वस्तु र एक खर्ब छ अर्ब रुपैयाँको विद्युतीय सामान आयात भएका छन् ।

यस्तै एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको फलाम तथा स्टिल र ८५ अर्ब ७४ करोड रुपैयाँका गाडी आयात भएका छन् । यस्तै ४८ अर्ब २७ करोड रुपैयाँको घिउतेल, ४५ अर्ब ८९ करोड रुपैयाँको खाद्यान्न, २८ अर्ब ३१ करोड रुपैयाँको तरकारीजन्य वस्तु, २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल र २५ अर्ब रुपैयाँको दूध र दुग्धजन्य पदार्थ आयात भएका छन् ।

यस्तै ४२ अर्ब १३ करोड रुपैयाँको औषधि र कच्चा पदार्थ,  ३६ अर्ब ४४ करोड रुपैयाँको रासायनिक मल, ५९ अर्ब रुपैयाँको प्लास्टिकजन्य वस्तु आयात भएका भन्सार विभागले जनाएको छ ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया