चिया बेचेरै मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत, छोराछोरीले...
पुस १४, २०८१ आइतबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो आमचुनावमा अरू दलसँग नमिली एक्लै जित्ने र भ्रष्टहरूलाई कारबाही गर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले आउँदो चुनाव जितेर भ्रष्टाचारविरुद्ध अर्को अभियान चलाउने बताउनुभएको हो ।
पछिल्लो पटक माओवादीले सरकारको नेतृत्व गर्दा दर्जनौँ भ्रष्टाचारका फाइल खोलिएको र नागरिकको साथ पाएको दाबी गर्दै प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताउनुभयो । सुशासनका पक्षमा विजय भएर सरकारबाट निस्किएको उहाँकाे दाबी छ ।
आफू नेतृत्वको सरकार किन ढल्यो र कांग्रेस र एमाले मिलेर किन नयाँ सरकार बन्यो भन्ने विषय बच्चाबच्चालाई पनि थाहा भएको भन्दै प्रचण्डले यो सरकारले भ्रष्टाचारीलाई जोगाउनेबाहेक अर्को काम नगर्ने जिकिर गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।