सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक, बिहीवारसम्म प्रतिवेदन तयार पार्ने

 साउन १४, २०८१ सोमबार १५:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) सहमति नजिक पुगेको छ । आज बिहान गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक अब टुङ्ग्याउने चरणमा पुगेको बताउनुभयो । उहाँले आउँदो बिहीवारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताउनुभयो ।

बर्ताैलाले सत्तापक्ष र प्रतिपक्षको नभइकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने पनि उल्लेख गर्नुभयाे ।

सदस्य बर्ताैलाले कानूनलाई अब चाँडो भन्दा चाँडो टुङ्ग्याएर ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउनेगरी कार्यदल अघि बढेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया