अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

 साउन १५, २०८१ मंगलबार ९:४४:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडका कारण अष्ट्रेलियामा अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसको ज्यान गएको पत्ता लागेको हो ।

अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् ।

उनीहरूले कोभिडको प्रभाव आउँदो वर्षहरुमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएकोले उच्च मृत्यु दरको सामना गर्नुपरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया