कहालीलाग्दाे भीरमा ‘हनी हन्टिङ’

 मंसिर ७, २०७५ शुक्रबार १२:२२:१७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मर्स्याङ्दी गाउँपालिका–२, घनपोखराको थाम्रोभीरमा ‘हनी हन्टिङ’ अर्थात् मह शिकार गरिएको छ । प्रथम मर्स्याङ्दी महोत्सवको अवसरमा थाम्रोभीरमा मह शिकार गरिएको हो । पर्यटन प्रवर्द्धनको लागि मह शिकारलाई महोत्सवको एक मुख्य आकर्षण बनाएको आयोजकले जनाएको छ ।

३५ वर्षीय बुद्धिबहादुर गुरुङ, ३० वर्षीय रुद्धबहादुर गुरुङ र ४६ वर्षीय भक्तबहादुर गुरुङले कहालीलाग्दो भीरमा मह शिकार गरेका हुन् ।   

छङ्गाछुर भीरमा डोरीकै भरमा मह शिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाएका थिए । मह शिकार हेर्ने दर्शकको घुइँचो नै लागेको थियो । मह शिकार गरेको हेर्न रमाइलो हुन्छ । तर मह शिकार गर्न निकै कठीन हुन्छ । ज्यानको बाजी नै थापेर जोखिम मोलेरै ‘महसुर’ मह शिकारीले मात्रै मह शिकार गर्न सक्छन् ।

 

मह शिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा निकै रमाइलो अनुभूती भएको नौथरका युवराज अधिकारीले बताउनुभयो । मह शिकार हेर्न थाम्रोभीरमा पुगेका दर्शकले मह शिकार मात्र हेरेनन् भीर महसमेत खरिद गरेका छन् । मह शिकार गरेकै स्थलमा प्रति माना ७ सय रुपैयाँका दरले ४० माना मह बिक्री भएको छ ।

प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीमा ‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार । कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव गएको मंसिर ३ गतेबाट सञ्चालन भएको हो । महोत्सवको बिहीबार समापन गरिएको छ । 

मौलिक, कला, धर्म–संस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवर्द्धनको लागि महोत्सव सञ्चालन गरिएको प्रथम मस्र्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । मस्र्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका थिए । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया