कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित भएपछि त्यहाँँ शुरु भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । गएको ४ दिनदेखि भइरहेको विरोध प्रदर्शनको क्रममा अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।
विपक्षी नेताहरूले चुनावी नतिजामा धाँधली भएको आरोप लगाएपछि देशका विभिन्न भागमा नागरिकले विरोध प्रदर्शन थालेका अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।
धेरै ठाउँमा आगजनीसमेत भएको छ । राजधानी काराकसमा रहेको राष्ट्रपति भवनमा प्रदर्शनका लागि ठूलो सङ्ख्यामा मानिस पुगेका छन् । प्रदर्शनकारीले राष्ट्रपति भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रबरको गोली हान्नुका साथै अश्रुग्यास छरेको थियो । प्रदर्शनकारीले राष्ट्रपति मादुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालय घर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको थियो ।
भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जीत हुने भविष्यवाणी गरेका थिए । तर चुनावको नतिजा उल्टो आएपछि विपक्षीले नतिजा मान्न अस्वीकार गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।