आजदेखि मौसम सुधार हुने
पुस १४, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सुवास नेम्वाङको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो ।
यस्तै एमालेले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बाग्मतीमा डा. राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट रहनुभएको छ ।
त्यस्तै एमालेले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।