सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा देशको विकास हुन्छ : अर्थमन्त्री खतिवडा

 मंसिर ७, २०७५ शुक्रबार १४:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सहकारी मोडलबाट आर्थिक विकास गर्न प्रदेश र स्थानीय तहलाई आह्वान गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले न्यायपूर्ण समाज निर्माणका लागि सहकारीको बाटो सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै सोही बाटोबाट अघि बढ्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सहकारीको बाटोबाट जमिनलाई उपयोग गरेर आधुनिक कृषि खेती र कृषि प्रणालीलाई अघि बढाउन आवश्यक पूँजी र प्रविधि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउन सरकार तयार रहेकोे स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले प्राकृतिक स्रोतको परिचालन र त्यसबाट हुने उत्पादनको वितरण समन्यायिक हुनुपर्नेमा पनि जोड दिनुभयो । अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले देशको विकासको मोडल सरकार, सहकारी र निजी क्षेत्रबीचको सहकार्यमा आधारित रहेको पनि स्मरण गराउनुभयो ।


 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया