अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू धर्मको पक्षमा वकालत गर्नु भएको छ ।
महामन्त्री कोइरालाले आफू हिन्दू धर्मको पक्षमा रहेको उल्लेख गर्दै देशलाई धर्म निरपेक्ष देश बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग मागसमेत गर्नुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उहाँले हिन्दू धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रणसमेत गर्नुभयो । महामन्त्री कोइरालाले हिन्दू धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा नागरिकको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।
संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष देश भएको बताउँदै नागरिकले जनमत संग्रहमा जान पाउनुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।