मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट दुई र नागरिक उन्मुक्तिबाट एक जना राज्यमन्त्रीमा नियुक्त

 साउन १८, २०८१ शुक्रबार १५:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो ।

प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीहरु नियुक्त गर्नुभएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

कांग्रेसकी बिकले वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस्तै तामाङले उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री र नागरिक उन्मुक्तिका चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।   


 

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया