प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि

 साउन १८, २०८१ शुक्रबार १५:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका वडा नम्बर ५ की ७१ वर्षीया लक्ष्मीकुमारी मल्लसहित उहाँकै परिवारका तीन जनालाई हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्युठानमा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिनुभयो ।

केही दिनदेखि देशका विभिन्न ठाउँमा हैजाका बिरामी भेटिने क्रम बढेको छ । हैजा जीवाणुमार्फत् हुने एक किसिमको सङ्क्रमण हो । यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ । यो रोगको सजिलै उपचार हुन्छ । तर यदि उपचार नगरिए केही घण्टामै मानिसको ज्यानसमेत जान सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिबीको रोग भनी व्याख्या गरेको छ । हैजाले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ । चौलानीजस्तो पखाला लाग्नु, घण्टौँसम्म बान्ता हुनु, थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै तिर्खा लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनुलगायत हैजाका मुख्य लक्षण हुन् ।

हैजाबाट बच्नको लागि शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले हात धुन, उमालेको पानी मात्रै पिउन, दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्न, फलफूल र तरकारी राम्रोसँग पखालेर खान डब्ल्यूएचओको सुझाव छ ।

हैजाको लक्षण देखिए जीवनजल, झोलिलो पदार्थ खाएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ । यस्तै घरमै पनि नुन र चिनी मिसाएर पानी पिउनुपर्छ । उचित स्याहार गर्दा हैजाका बिरामी चाँडै निको हुन्छन् । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया