काभा महिला भलिबल : श्रीलङ्कालाई हराउँदै भारत समूह विजेता

 साउन २१, २०८१ सोमबार १५:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काभा महिला भलिबल लिगमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले श्रीलङ्कालाई पहिलो सेटमा २५–१३, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–२० ले हरायो । यो जीतसँगै भारतले ४ खेलमा १० अङ्क जोडेको छ । श्रीलङ्का ४ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतियोगितामा आजै समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेल्दैछन् । यो खेल अहिले दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाल ३ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा छ । माल्दिभ्स भने अङ्कविहीन हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । पाँच वटा देश सहभागी प्रतियोगितामा इरान ४ खेलमा ७ अङ्कसहित दोस्रो स्थानमा छ ।

लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया