आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
ओखलढुंगा – विपद् जोखिम न्यूनिकरण गर्न पूर्वी पहाडका तीन जिल्लाले साझा घोषणा गरेका छन् ।
प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ओखलढुंगामा आयोजना गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशालामा यस्तो घोषणा गरिएको हो । ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन फोकल पर्सन, सुरक्षा निकायका प्रतिनिधि र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरु सहभागी कार्यक्रममा नौ बुँदै घोषणा जारी भएको छ ।
मन्त्रालयका सचिव गोपाल पराजुलीको उपस्थितिमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकाय तथा रेडक्रसकर्मीले यस्तो घोषणा गरेका हुन् । घोषणामा मन्त्रालयसँगको सहकार्यमा विपद् जोखिन न्यूनिकरणलाई कम गर्न सहकार्य र साझेदारी गर्ने, विकास निर्माणका काम गर्नुअघि वातावरणिय प्रभाव मूल्यांकन गरेर काम गर्ने, दीर्घकालीन, अन्तरकालीन र मध्यकालीन योजना क्रमिक रुपमा कार्यन्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै विपद् जोखिम मूल्यांकन निर्देशिका बनाउने, प्रदेशिक विपद् प्रतिकार्य ढाँचा बनाउने, प्रादेशिक रणनीति निर्माण गर्ने र स्थानीय तहसम्म कार्यन्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की गर्नुभएको थियो ।
मन्त्री कार्कीले विपद्लाई अबसरका रुपमा रुपान्तरण गर्न, प्रदेशभरिको दीर्घकालीन विकासलाई प्रथामिकता दिन प्रदेश सरकारले यस्तो नीति लिएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।