काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै

 साउन २२, २०८१ मंगलबार ८:०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच खेल हुनेछ ।

नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराउँदै लिगको उपविजेता बन्यो । लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धी बनाउन सफल नेपालको महिला भलिबल टोली इरानसँग भने पराजित भएको थियो । ४ खेलमा ९ अङ्कसहित नेपाल लिगमा दोस्रो भएको हो ।

त्यस्तै इरान तेस्रो स्थानमा रह्यो । पाँच टोली सहभागि प्रतियोगिताको अङ्कतालिकामा भारत शीर्ष र श्रीलङ्का चौथो हुँदा माल्दिभ्स बाहिरीयो । हिजो भएको खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बन्यो । आज हुने सेमिफाइनलका खेलमा विजेता टोलीले उपाधिका लागि भोलि बेलुका खेल्नेछन् ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया