अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

 साउन २३, २०८१ बुधबार ९:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय ३४ रुपैयाँ ६३ पैसा तोकेको छ । यो बिक्री दर हो । यसअघि हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ४६ पैसा रहेको थियो ।

हिजोको तुलनामा आजको बिक्रीदर १७ पैसाले धेरै हो । पछिल्लो हप्ता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । विश्व बजारमा डलरको माग बढिरहेकोले भाउ पनि बढेको हो । डलरको भाउ बढेसँगै भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घटेको हो ।

पछिल्ला केही दिन यता डलरको तुलनामा भारतीय रुपैयाँ पनि अवमूल्यन हुँदै आएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । भारतीय रुपैयाँको विनिमय दर घटबढ भए नेपाली रुपैयाँमा यसको प्रत्यक्ष प्रभाव पर्छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया