‘आइएमई पे’ एप : आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता

 साउन २३, २०८१ बुधबार १०:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक  हवाई टिकट काट्नेको सङ्ख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

सहज फिचरसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा ‘आइएमई पे’ ले उपलब्ध गराएको यस सेवामा ग्राहकको सङ्ख्या बढेको हो ।

अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा ‘आइएमई पे’ मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।

‘आइएमई पे’ एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो सङ्ख्याले र उत्साहले अझै  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताउनु भएको छ । 
 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया