काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल पुलिस र माल्दिभ्स पुलि...
असोज ४, २०८१ शुक्रबार
काठमाण्डाै – केही ठूला उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइन सेवाको प्रिमियम महसुल तिर्न आनाकानी गरिरहेका बेला चार वटा साना उद्योगले भने विद्युत् महसुल तिरेका छन् ।
डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार वटा उद्योगले २५ प्रतिशत जरिबानासहित प्रिमियम बक्यौता रकम बुझाएका हुन् । यशोदा फुड्स प्रालीले चार लाख २५ हजार दुई सय ३१ रुपैयाँ, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार पाँच सय ३२ रुपैयाँ, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्स इन्डस्ट्रिजले तीन लाख ४६ हजार तीन सय ८९ रुपैयाँ महसुल बुझाएका हुन् ।
प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि उद्योगीले बक्यौता तिरेका छैनन् । साना उद्योगले बक्यौता तिर्दा ठूला उद्योगीलाई दबाब पुगेको प्राधिकरणले जनाएको छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनबापतको महसुल बुझाएको उद्योगीहरूले बताएका छन् ।
विभिन्न उद्योगको जरिबानासहित आठ अर्ब २६ करोड रुपैयाँ बक्यौता देखिएको थियो । बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले काटेको थियो । प्राधिकरणले काटेको लाइन जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनमा असहमति जनाउने विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई सरकारले बर्खास्त पनि गरिसकेको छ ।
अहिले झन्डै आठ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी उद्योगको बिजुली जोडिएको छ भने यो विषय थप गिजोलिएको छ । सरकारको निर्देशनलाई अटेरी गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग असन्तुष्ट हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।