ने क पा सचिवालय बैठक : सांगठनिक एकीकरणसम्बन्धी कार्यदलको प्रस्तावमा छलफल

 मंसिर ७, २०७५ शुक्रबार १९:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणसम्बन्धी कार्यदलको प्रस्तावमा छलफल भएको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा कार्य दलले बिहीबार पेस गरेको सांगठनिक एकीकरणसम्बन्धी प्रस्तावमाथि छलफल गरेको हो । छलफलमा उठेका विषयबस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले काठमाडौंमा छुट्टै पार्टीको विशेष जिल्ला कमिटी गठन गर्ने निर्णय पनि गरेको छ । विशेष प्रदेश कमिटी गठन गरी त्यसको मातहतमा रहने गरी काठमाडौंमा विशेष जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको हो । 

सचिवालयको भोलि पुनः बैठक बस्ने र त्यसमा केन्द्रीय सदस्यहरुको कार्य विभाजनको एजेन्डा प्रवेश हुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

चालू सचिवालय बैठकले सांगठनिक एकीकरणको काम टुंगो लगाउने तथा सरकार, पार्टी र संसदको कामको पनि समीक्षा गर्ने एजेन्डा तय गरिएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया