पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

 साउन २६, २०८१ शनिबार ८:५:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ । गएराति भएको फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराएको हो । स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो ।

अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । उसका एन्जो मिलोटले ११ औँ मिनेटमा गोल गरे । त्यसको ७ मिनेटपछि लोपेजको गोलमा स्पेनले बराबरी गर्‍याे । २५ औँ मिनेटमा लोपेजको गोलमा नै स्पेनले अग्रता बनायो ।

लगत्तै अलेहान्द्रो माइनाले गोल गरेपछि दुई गोलको अग्रता हुँदा ७९ औँ मिनेटमा फ्रान्सका अक्लिओचेले गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा घरेलु टोलीका लागि माटेटाले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धारित समय तीन/तीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा दुई गोल गरेको स्पेनले स्वर्ण जित्यो । यसअघि स्पेनले इंग्ल्यान्डलाई हराएर युरो–२०२४ को उपाधि पनि जितेको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया