आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् ।
आज भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । उनी युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिकमा छनोट भएकी थिइन् ।
महिला म्याराथनमा नेदरल्यान्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । यस्तै इथियोपियाकी टिग्स्ट असेफाले रजत र केन्याकी हेलेन ओबिरीले कास्य पदक जितिन् ।
पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सातमध्ये छ जना खेलाडी ओलम्पिकमा सहभागी भएर स्वदेश फर्किसकेका छन् । नेपालबाट पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् । ३३ औँ ग्रीष्मकालीन ओलम्पिकको आज समापन हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।