शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँको ऐतिहासिक कारोबार, नेप्से २८ सय ६० विन्दुमा

 साउन २७, २०८१ आइतबार १५:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८ सय विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो ।

आज ६ करोड तीन लाख २१ हजार कित्ता शेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब ५२ करोड र शिवम् सिमेन्टको एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से आज ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

आज १४ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया