विद्यार्थीले क्याम्पस प्रमुखलाई बन्धक बनाए, छुटाउन गएका प्रहरीसँग झडप

 भदौ ६, २०८१ बिहीबार १७:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

केन्द्रीय आयुर्वेद विद्यापीठ (क्याम्पस), दाङ

दाङ – नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आर्युवेद विद्यापीठ बेलझुण्डी दाङमा प्रहरीको लाठी चार्जबाट ६ जना विद्यार्थी नेता घाइते भएका छन् ।

वार्ताका नाममा विद्यार्थी नेताहरूले दुई दिनदेखि क्याम्पसका पदाधिकारीहरूलाई बन्धक बनाएको खबरपछि प्रहरी छुटाउन गएको थियो । प्रहरीमाथि आक्रमण भएपछि झडप हुँदा केही विद्यार्थी घाइते भएका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ठाकुरप्रसाद पोख्रेलले ढोका फोडेर क्याम्पसका पदाधिकारीहरूको उद्धार गरेको जानकारी दिनुभयो । क्याम्पस प्रमुख प्रा. डा. रामचन्द्र अधिकारी र क्याम्पसका निमित्त प्रमुख डा. देवराज क्षेत्रीलाई उद्धार गरी तुलसीपुर ल्याएर राखेको उहाँले बताउनुभयाे ।

गएको फागुन २९ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा स्वतन्त्र विद्यार्थी युनियनको नाममा विभिन्न माग राखेर तालाबन्दी हुँदै आएकाे छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया