मानसरोवर कैलाश जाने सडक सञ्चालनमा

 भदौ ९, २०८१ आइतबार १८:२३:२९ | रासस
unn.prixa.net

फाइल फाेटाे

रसुवा – वर्षाका कारण मानसरोवर कैलाश जाने चीनतर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ । केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज दिउँसाेदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरी पुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भू–भागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरी पुलबाट आउजाउ गर्न थालेका छन् ।

सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका झन्डै पाँच सय जना यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय जना यात्रु रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्‍याई गन्तव्यतर्फ जान थालेका खनालले जानकारी दिनुभयो ।

रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नम्बर गुल्म रसुवाले समन्वय गरेकाे छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया