रेडपाण्डा संरक्षण गर्न ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने

 भदौ १२, २०८१ बुधबार १२:२४:३३ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

ताप्लेजुङ – रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

हिमाली संरक्षण मञ्चको संयोजनमा आउँदो असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दुरी पूरा गर्नुपर्ने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । म्याराथनको मार्ग रेडपाण्डाको मुख्य बासस्थान पाथीभरा क्षेत्रमा तय गरिएको छ ।

फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुन : फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दुरी पूरा हुनेछ ।

कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको संयोजक राईले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया