कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब शृङ्खला 'हेर्ने कथा' को सहयोगमा परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङको नागरिकता चाँडो बनाउने गरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिनुभएको छ ।
गएराति गृहसचिव एकनारायण अर्याललाई बालुवाटार बोलाएर प्रकाशको नागरितकता बनाउन निर्देशन दिएको र केही दिनमै नागरिकता बन्ने प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
तीन दशकअघि गलैँचा बुन्न दिदीसँग झापाबाट काठमाण्डौ आएका प्रकाश तामाङ काठमाण्डौबाट हराएका थिए । गोरखाको चुमभ्यालीमा भेटिएपछि 'हेर्ने कथा' ले अहिले भोजपुरमा रहेका प्रकाशका बाबुआमासहित आफन्तसँग पुनर्मिलन गराएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।