२ दिन उच्च अङ्कले घटेकाे नेप्से आज सामान्य बढ्यो, कारोबार रकम भने निकै घट्यो

 भदौ १२, २०८१ बुधबार १५:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आइतवार र हिजो मङ्गलवार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ ।

नेप्से दिउँसो सवा १२ बजे दुई हजार आठ सय ६० विन्दुमा पुगेको थियो । तर बजार बन्द हुने बेलामा निके तल झरेर दुई हजार सात सय ८६ विन्दुमा आइपुग्याे ।

आज विकास बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तीन वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

बजार समान्य बढेको दिन कर्णाली विकास बैंकको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम भने निकै घटेको छ । हिजो १८ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय २६ वटा कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १३ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया