एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा

 माघ २१, २०८१ सोमबार ६:३४:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यौन दुर्व्यवहारको तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतले  घोषणा गरेको छ ।

एआई उपकरणविरुद्ध बेलायत सरकारले अस्ति शनिवार कानूनको घोषणा गरेको हो । योसँगै एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्वीर बनाउने कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो देश बनेको छ ।

बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई बेलायतको सरकारले गैरकानूनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गृहमन्त्री कूपरले अनलाइन बाल यौन दुर्व्यवहार सामग्रीसँगै किशोर किशारीहरूलाई अनलाइनमार्फत एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि बढेकोले नयाँ कानून ल्याएर बाल दुर्व्यवहारका लागि प्रयोग भइरहेका केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउन लागेको बताउनुभएको खबरमा उल्लेख छ ।

बेलायतमा भएको एक अनुसन्धानले हरेक वर्ष झण्डै पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुर्व्यवहारको सिकार हुने गरेको देखाएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया