बङ्गलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि नेपाली टोली घोषणा

 माघ २१, २०८१ सोमबार ६:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल कबड्डी सङ्घले हिजो १५ सदस्सीय टोली घोषणा गरेको हो ।

टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ । टोलीको कप्तानी घनश्याम रोकामगरले नै गर्नेछन् ।

टोलीमा नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन् । घनश्यामसँगै रामु टमाटा पनि टोलीमा समेटिएका छन् ।

रामुको कप्तानीमा रहेको जनकपुर नाइट्सले घनश्यामको कप्तानीमा रहेको काठमाण्डौ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै प्रथम संस्करणको उपाधि जितेको थियो ।

टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख टोलीमा सेमेटिएका छन् । यस्तै, उपविजेता काठमाण्डौबाट सोहेल इस्लाम, मेघराज गिरि र प्रमोद श्रेष्ठ सेमिटिएका छन् ।

उनीहरूबाहेक गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन् ।  वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन् ।

सङ्घका अनुसार प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बङ्गलादेशका विभिन्न शहरमा हुने तय छ । तर, खेल खेलाउने ठाउँ भने अझै टुङ्गो लागेको छैन  । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया