कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
बाँके – राष्ट्रिय जिन बैंकले बाँकेको चिसापानीमा रहेको गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण शुरू गरेको छ ।
राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण शुरू भएको सामुदायिक जिन बैंक काेहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ ।
गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र तीमध्ये सबैभन्दा राम्रो उत्पादन दिने कोदो किसानलाई रोप्न प्रेरित गरिने संयाेजक बस्नेतले बताउनुभयाे । उहाँका अनुसार पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको कोदो परीक्षण गर्न थालिएको हो ।
राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी परीक्षण भएको बताउनुभयो । परीक्षण गरिएका नौमध्ये पाँच वटा जिन बैंककाे परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई वटा किसानका जात रहेका छन् । अहिले रोपेको कोदोको प्रतिफल मङ्सिरमा आउँछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।