अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्ने राय दिएको बताउनुभयो ।
उहाँले गरिब देशमा महंगो गाडी आवश्यक नभएको बताउनुभयो । ‘गरिब देशलाई यत्रो महँगो गाडी किन चाहियो ?’, उहाँले प्रश्न गर्नुभयो । सांसद यादवले सांसदहरु टेम्पो र माइक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो भन्दै प्रश्न गर्नुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पनि महँगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महँगो गाडी खरिद गर्नुहुँदैन भन्ने नै हो’, सांसद यादवले थप्नुभयो ।
उहाँले महँगो गाडी खरिद गर्नेबारे हतारमा निर्णय भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने पनि सुझाव दिनुभयो । ‘यो निर्णय परिवर्तन गर्नुपर्छ । १८ करोडको गाडी किन चाहियो ? हिजो हामीले पार्टी अध्यक्ष एवम् उप–पप्रधानमन्त्री उपेन्द्र यादवसँग दुई घण्टा छलफल गर्यौं । उहाँको राय पनि यही छ ।’
आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी जागिर खान सरकारमा गएका होइनौं । तर संविधान संशोधनको लागि दवाव दिइरहेका छौं । अहिले हडबड गर्दैनौं । सरकारलाई दवाव दिन कुनै कसर बाँकी राख्दैनौं ।’
अब पनि संविधान संशोधन नभएन आफ्नो पार्टी एक मिनेट पनि सरकारमा नबस्ने उहाँले स्पष्ट पार्नुभयो । ‘संविधान संशोधन चाँडो हुनुपर्छ । अब पनि भएन भने हामी सरकारबाट बाहिरिएर शान्तिपूर्ण तर दवावमूलक आन्दोलनमा जान्छौं ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dee
Nov. 26, 2018, 7:36 a.m.ठीक छ नि चार पाङ्रे साइकल किनिदिनु न त, अगाडि बस्ने ड्राइभर, पछाडि राष्ट्रपती, बाँकी सुरक्षा साइकल मा अनी तं गधा को गाडी के गर्ने नि, एही हो प्रजातन्त्र, कोथे तँग्रे पाउरे सबै नेता, गति यस्तै हो हे जनता, खा ल्वाप्पा