कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

 भदौ २६, २०८१ बुधबार १६:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सुलेमानलाई सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखाैं रुपैयाँ ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा १५ देखि २० लाख रुपैयाँसम्म उठाउने गरेको जानकारीमा आएको र यस विषयमा थप अनुसन्धान भइरहेको बोगटीले बताउनुभयो ।

पक्राउ परेका सुलेमानलाई आज जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया