एन्फा महिला लिगमा सङ्कटाको पहिलो जीत, कर्णाली २–० गोलले पराजित

 भदौ २६, २०८१ बुधबार १८:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा सङ्कटा फुटबल क्लबले कर्णाली प्रदेशलाई हराउँदै पहिलो जीत दर्ता गराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोश्रो खेलमा सङ्कटाले कर्णालीलाई दुई गोलले हरायो ।

सङ्कटाका लागि सेलिना अनिमा र टोम्लोफेले समान एक गोल गरे । सङ्कटा चार अङ्कका साथ छैठौं स्थानमा उक्लिएको छ । कुनै पनि खेल नजितेको कर्णाली तालिकाको नवौं स्थानमा छ ।

यस्तै आजै भएको पहिलाे खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो ।

यो जीतसँगै पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया