फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे त्रिभुवन आर्मी र बाग्मती युथ क्लव खेल्दैछन् । आर्मीले आफ्ना तीनमध्ये २ खेलमा जित र एकमा हारको नतिजा निकालेर ६ अङ्क जोडेको छ । बाग्मतीले यसअघि एक खेलमा मात्र जित निकालेको छ ।
यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्दैछन् । एपीएफले तीन खेलमध्ये २ मा जित र एकमा बराबरी खेल्दै ७ अङ्क जोड्दा वालिङ नगरपालिकाले समान तीन खेलमा २ जितसहित ६ अङ्क जोडेको छ ।
यसअघि हिजो बुधवार भएको खेलमा नेपाल पुलिस क्लब कोशी प्रदेशलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पुलिसको ४ खेलमा १० अङ्क छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ । आर्मी , वालिङ नगरपालिका र बाग्मतीको समान ६ अङ्क छ । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।