एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ – चक्रपथअन्तर्गत कलङ्की–बसुन्धरासम्मको सडक विस्तार शुरू गर्ने भनिएको लामो समय भइसक्दा पनि सडक विस्तारको काम शुरू हुन सकेको छैन । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम भए पनि सडक विस्तारको काममा भने ढिलाइ भएको छ ।
यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरूबीच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया शुरू भएको छ । आठ दशमलव दुई किलोमिटरको दोस्रो खण्ड विस्तारको काम २०७५ सालमै शुरू हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयम् र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको छैन।
२०६९ सालमा कोटेश्वर–कलङ्की पहिलो खण्डको काम शुरू भइ २०७५ सालमै सकिएको थियो । पहिलो विस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक विस्तार शुरू हुनुपर्ने थियो । तर विभिन्न कारण ढिलाे भइरहेकाे छ ।
चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुङ्ग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढ्न सकेन ।
पूर्वतयारीस्वरूप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आमनागरिकले भने दुःख र सास्ती बेहोर्नुपरेको छ । सडक विस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि उस्तै देखिन्छ।
बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरूप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसाय मात्रै घाटा भएको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरूको छ । यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरूले सडक विस्तारको कामलाई तीव्रता दिन आन्दोलनसमेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।